विपदमा परेकाहरुको उद्धार गर्न धनकुटाको मूलघाटमा सामूहिक अभ्यास
धनकुटा । मनसुनजन्य विपदका बेला प्रभावित मानिसहरुको कसरी उद्धार गर्ने भन्नेबारे धनकुटाको मूलघाटस्थित तमोर नदीमा अभ्यास गरिएको छ । धनकुटा नगरपालिका–९ मा पर्ने मूलघाटमा बिहिवार यस्तो अभ्यास गरिएको हो ।
विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा मनसुनजन्य विपद उद्धार प्रतिकार्य सम्बन्धी अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस क्रममा बाढीमा बगेका मानिसहरुको कसरी उद्धार ...




























