इलाम दुर्घटनाः बालक र महिलाको मृत्यु, ३ जनाले पौडिएर ज्यान जोगाए, चालक सम्पर्कविहीन
इलाम । इलामको चुलाचुलीमा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दमक–चिसापानी–रवि सडक खण्डअन्तर्गत चुलाचुलीमा रतुवा खोलाले बोलेरो गाडी बगाँउदा एकजना महिला र एक बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार दुर्घटनामा इलामको माङसेवुङ–५ की शर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङको मृत्यु भएको हो ।...































