धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना
धनकुटा । धनकुटामा डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा सचेतना सप्ताह कार्यक्रम गरिएको हो ।
सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्दै गएपछि सचेतना कार्यक्रम गरिएको वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिए । डढेलो रोकथामका लागि प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गर...





























