विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला छ सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।