मोहन ढकाल/संगालोखबर


विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीति सङ्कटमा गुज्रिएको बताएका छन् । आज प्रेस सेन्टर मोरङले आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

‘अहिलेसम्म सामन्तवादी सत्ताको कारणले उत्पीडनमा रहेका वर्ग, जाती, क्षेत्र, समुदायहरू जो छन् । उनीहरू सत्ताको मालिक बन्ने परिस्थिति बनेन्’, उनले भने, ‘त्यसले गर्दा क्रमशः नेपाली राजनीति जानेर या नजानेर, सैद्धान्तिक या व्यबाहारीक, जताबाट व्याख्या गरेपनि अहिले सङ्कटमा या एउटा चरम अन्तरबिरोधबाट गुज्रिएको छ ।’

Advertisement

जनवादी उत्पादन सम्बन्ध निर्माण गर्न नसक्दा अर्थतन्त्रमा ठूलो सङ्कट आइपरेको उनले उल्लेख गरे । ‘हिजो जमिन जमिनदारहरूको हातमा थियो । आज पूँजी दलालहरूको हातमा संघ केन्द्रीत भएर जाँदा जनताको ठूलो हिस्सा आजपनि रोजिरोटिको सामान्य दैनिकी चलाउन नसकेको अवस्था छ’, उनले थपे, ‘अर्थतन्त्रमा प्रभाव पर्दा उद्योगहरू चलाउन सकेका छैनौँ । भएका बन्द छन् । शिक्षा, स्वास्थ्यमा राम्रो गर्न सकेका छैनौँ । बुद्धिजीवी, वैज्ञानिकहरूलाई सन्तुष्ट बनाउन सकेका छैनौँ ।’

उनले देशबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको भन्दै दुःख व्यक्त गरे । राज्यले युवाहरूलाई विकल्प दिने नभएर विदेश पलायनतर्फ प्रोत्साहन गरिरहेको उनले बताए । उनले उत्पादन बिनाको सुखभोगको प्रवृत्तिले मान्छेलाई भ्रष्ट बनाएको उल्लेख गरे ।

‘पैसा कसरी बन्छ भन्ने कुराको ज्ञान रातदिन श्रम गर्नेलाई मात्र थाहा छ’, उनले थपे, ‘पैसाको महत्व किसानलाई थाहा छ । तर उसलाई बचत गर्ने थाहा छैन । नेपालमा २००७ साल देखिको इतिहास हेर्नुभयो भने हरेक पार्टीका कार्यकर्ताको आर्थिक जीवन अपारदर्शी, श्रम बिनाको सुखभोग गर्ने, यसैमा घुमिरहेको छ । त्यसैले उनीहरू आरोपित र जनताको आँखामा शङ्कास्पद तथा अविश्वसनीय छन् ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!