सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-७ चिरबिरे चौतारास्थित एउटा घरमा खाना पकाउने ग्यास लिक हुँदा आगलागी भएको छ ।

आज बिहान ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एउटा कोठामा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट कोठामा भएका सबै सामान जलेर नष्ट भएका छन् ।

Advertisement

आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । स्थानीयवासी र प्रहरीले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

लिक भएको ग्यास बन्द गरिएकाले ग्यास सिलिन्डर विस्फोट हुन नपाउँदा ठूलो क्षति हुनबाट जोगिएको आगो नियन्त्रणमा खटिएका स्थानीय सोवित श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!