सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् ।

गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए ।

Advertisement

त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक दर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।

उनले संगालोखबरसँग भने, ‘यस्तै वर्षा केहिदिन भइरहने हो भने बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । हामीले विपत व्यवस्थापनका लागि सबैसँग समन्वय गरेका छौँ ।’ सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गरिएको वडाध्यक्ष गुरागाइँले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!