सन्तोष सुवेदी/संगालोखबर
साङ्केतिक तस्बिर

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-४ का ६० वर्षीय खेम बहादुर भण्डारीले विषादी सेवन गरेका छन् । उनले आज बिहान मेटासिट नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनले भने, ‘भण्डारी बिहान घरबाट निस्केका रहेछन् । पछि घरमा आएर मैले मेटासिट खाँए भनेपछि परिवारले थाहा पाएछन् ।’

भण्डारीलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रवक्ता महर्जनले बताए ।

भण्डारीले के कति कारणले विषादी सेवन गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!