सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । सहिद स्तम्भमा माल्यार्पण, प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

बसपार्कबाट सुरु भएको प्रभातफेरी मदन चोक, चुवाको बोट, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक र सिरान बजार हुँदै जिल्ला समन्वय समितिमा पुगेको थियो ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्टार राजकुमार दाहालले वर्तमान संविधानको कार्यान्वयन, चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद इन्द्रमणि पराजुली, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी श्याम सिंह चौधरी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!