सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाको आयोजनामा शिविर राखेर कुकुर बन्ध्याकरण सुरु गरिएको हो ।

धनकुटा बजार क्षेत्रमा रहेका बेवारिसे कुकुरलाई भेला पारेर भेटेरिनरी अस्पताल लगेर बन्ध्याकरण गरिने छ ।

Advertisement

रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा कुमारी गौतमले जानकारी दिइन् । आजबाट शुरु भएको शिविर पाँच दिनसम्म चल्ने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!