सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले दश वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । आज सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्न धनकुटा आएकी राईले यस्तो बताएकी हुन् ।

मातहतका जिल्ला अस्पतालहरूमा निःशुल्क उपचारको कार्यक्रममा बजेट समेत विनियोजन गर्ने उनले उद्घोष गरिन् । राज्यमन्त्री राईले महिला, ज्येष्ठ नागरिक र अशक्तहरूलाई हौसलाका साथ उपचारमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।

Advertisement

गतवर्ष तीन करोड बजेट विनियोजन गरेर स्वास्थ्य सम्बन्धी कार्यक्रम गरिएको बताउँदै उनले अघिल्लो सरकारले लागू गरेका योजना तथा कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विराट मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हेमसागर रिमाल र क्यान्सर रोग विशेषज्ञ डाक्टर अस्मिता रायमाझीसहितको टोलीले सेवा प्रदान गरिरहेका छन् ।

शिविरमा सम्पूर्ण रोगको परिक्षण गरिने छ । शिविरमा आएका बिरामीले विराट मेडिकल कलेजमा उपचार गर्न जाँदा विषेश छुटका साथ उपचार पाउने बताइएको छ । शिविर भोलिसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!