सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २८ जना बालबालिका लाभान्वित भएका छन् । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेजको सहयोगमा शिविर सञ्चालन भएको थियो ।

शिविरमा बालबालिका सम्बन्धी सबै प्रकारका रोगहरूको निःशुल्क जाँच तथा औषधि वितरण गरिएको थियो । सोही अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना समेत दिइएको थियो । बालबालिकाहरूको स्वास्थ्य स्थिति सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Advertisement

विराट मेडिकल कलेजका वरिष्ठ बाल रोग विशेषज्ञ डा. हेमसागर रिमाल, क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीसहितको ७ सदस्यीय टोलीले सेवा दिएको थियो ।

शिविरमा आएका जटिल प्रकारका बिरामीलाई विराट मेडिकल कलेजमा निःशुल्क तथा विशेष छुटका साथ उपचार पाउने सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष ईश्वर अकेला श्रेष्ठले जानकारी दिए । शिविर भदौ २८ र २९ गते सञ्चालन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!