सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले सामान्य काममा पनि दुःख पाइरहेका छन्’, पूर्वमन्त्री राईले भने, ‘हामीलाई जनताले जिताएर पठाएका हुन् । दुःख दिने काम भयो भने जनताले नै हाम्रो मूल्याङ्कन गर्नेछन् ।’

Advertisement

गत आर्थिक वर्षमा धनकुटामा कर्मचारीको लापरबाहीले केही बजेट फ्रिज भएको बताउँदै आगामी दिनमा यस्तो नगर्न राईले सुझाव समेत दिए । जनताको जीवनमा परिवर्तन ल्याउन सकिने कार्यक्रम सञ्चालनमा रहेकोले त्यसमा कुनै पनि किसिमको लापरबाही नगर्न उनले आग्रह गरे ।

सोही अवसरमा आव २०७९/०८० को मूल्याङ्कनका आधारमा उत्कृष्ट अंक ल्याउने पालिकाहरूलाई सम्मान समेत गरिएको थियो । नगरपालिकातर्फ ६९ अङ्कका साथ पाख्रिबास प्रथम, ६६ अङ्कका साथ महालक्ष्मी दोस्रो र ६० अंकका साथ तेस्रो भएको धनकुटालाई सम्मान गरिएको थियो ।

गाउँपालिकातर्फ ८१ अङ्क ल्याउँदै छथरजोरपाटी प्रथम, ७९.५० अङ्कका साथ सहिदभूमि दोस्रो र ७४.२५ अङ्क ल्याउँदै तेस्रो भएको चौबिसे र  ७२ अङ्क ल्याउँदै चौथो भएको साँगुरीगढी  गाउँपालिकालाई सम्मान गरिएको थियो ।।

आर्थिक वर्ष २०८०/०८१ मा धनकुटा जिल्लामा सञ्चालित बजेट योजनाको विषयमा सुरु भएको वार्षिक प्रगति समीक्षा भोलिसम्म चल्नेछ । कार्यक्रममा सातवटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाका समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!