विराटनगरमा शंकास्पद भनिएको बस्तु माटोको भाँडो
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित डाँफे चोकमा आज बिहान भेटिएको शंकास्पद बस्तु माटोको भाँडो भएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा भेटिएको वस्तु बम जस्तो देखिएपछि त्रास छाएको थियो ।
उक्त शंकास्पद वस्तु पूजाआजा गरेर मन्साएको माटोको भाँडो रहेको पत्ता लागेको हो । वडा प्रहरी कार्यालय विराटनगरको टोली गस्ती गर्दै जाने क्रममा बिहानका राति २ बजेतिर कालो प्लाष्टिकमा पोको पारेर ...






























