एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० करोड बढीको भन्सार छलीका सामान बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा २० करोड ४२ लाख बढीको भन्सार छलीको सामान बरामद भएको हो ।
भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरिएका कारण उक्त मूल्य बराबरको सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्...





























