संगालोखबर


सुनसरी । नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी भगवती चौधरीले चुनावी अभियानलाई तीब्र बनाएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चौधरीले मतदातासँग भेटघाट गरिरहेकी छन् ।

उनले आफूले गर्न नसक्ने झुटो आश्वासन नदिने, अरु उम्मेदवारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर सुशासनका लागि लड्ने प्रतिबद्धता जनाएकी छन् ।

२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी चौधरीले तीन वर्षमा तीन अर्व २१ करोड बजेट सुनिश्चित गरेर सुनसरी–३ मा विकास योजना संचालन गरेको दावी गरिन् ।

तीमध्ये केही योजना पुरा हुन बाँकी रहेको उनले उल्लेख गरिन् । उनले बाँकी काम पुरा गर्ने जिम्मेवारी दिन जनता समक्ष आग्रह गरिरहेकी छन् । उनले २७५ विपन्न परिवारलाई घर बनाएर दिएको सुनाइन् ।

यस्तै दुई वर्षभित्र थप ४ सय परिवारलाई घर बनाएर दिने उनको योजना छ । चौधरीले  हालसम्म २ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिलाएको र ५० हजार बढी महिलालाई आत्मनिर्भर बनाएको बताइन् ।

२०७९ को चुनावमा चौधरीले काँग्रेसका विजय गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गरेकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!