संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँ कायम भएको थियो । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय र आइतबार तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय ३० रुपैयाँ बढेर पाँच हजार सात सय १५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला पाँच हजार पाँच सय ९५ र आइतबार पाँच हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!