संगालोखबर
फायल तस्बीर

काठमाडौं । सरकारले आगामी निर्वाचनको सुरक्षामा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले खर्च बेहोर्ने निर्णय भएको बताए ।

गृहमन्त्री अर्यालका अनुसार निर्वाचनको दौरान घाइते हुने नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको उपचार सरकारले निःशुल्क गर्ने निर्णय भएको छ । यसैगरी बैठकले निर्वाचन सुरक्षाका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउने सुरक्षाकर्मीका आश्रित परिवारलाई राहत स्वरूप निश्चित रकम प्रदान गरिने सरकारले जनाएको छ । सरकारको यो निर्णयसँगै निर्वाचन सुरक्षामा परिचालन हुने सुरक्षाकर्मी र उनीहरूका परिवारलाई थप सुरक्षाको प्रत्याभूति हुने विश्वास लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!