संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले देशमा उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । आज सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।

उनले बोर्डर पारीको तरकारी खानुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले काम गर्ने उल्लेख गरे । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम, दमकको चिया’, उनले भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’

तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनको भनाइ थियो । ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन’, उनले थपे, ‘यो दुखको कुरा हो । यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पाटी ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!