
विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता प्रतियोगिता हुने भएको हो ।
आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहने छ । जसबाट प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको उनले बताए ।
उनले प्रतियोगिताको मुख्य उद्देश्य खेल भावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबीच सहकार्य, नेतृत्व विकास तथा सम्बन्ध विस्तार गर्नु रहेको उल्लेख गरे । प्रतियोगिताले धरानलाई राष्ट्रियस्तरको खेलकुद तथा व्यवसायिक नेटवर्किङ कार्यक्रमहरूको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।

संगालोखबर 















