संगालोखबर


विराटनगर । विराटनगरस्थित अर्किड कलेजले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीका साथै खेलकुद प्रतियोगितामा पदक विजेता सयभन्दा बढी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।

कलेजले कक्षा ११ र १२ को आन्तरिक तथा बोर्ड परीक्षामा उत्कृष्ट १० भित्र पर्न सफल र प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

खेलकुद विधातर्फ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) द्धारा हालै आयोजित प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ । अर्किड कलेज हिसानको छात्र फुटबल प्रतियोगितामा उपविजेता बनेको थियो भने दौड प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएको थियो ।

त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको छ । भारतमा सम्पन्न सुटिङ विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै दोस्रो स्थान हासिल गर्ने छात्रा दीपिका माझी र तेस्रो स्थान हासिल गर्ने सुस्मिता कामतलाई कलेजले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

पुरस्कार वितरण गर्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्न र उनीहरूको मनोबल उच्च राख्न कलेजले सधैँ प्रोत्साहन गर्ने बताए । कार्यक्रममा कलेजका निर्देशक दिपेश बास्तोला, अध्यक्ष अमित ढकाल लगायतले विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरेका थिए ।

कलेजले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यले यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको निर्देशक दिपेश बास्तोलाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!