संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्र निर्माण बोर्डिङ स्कुल इटहराले जितेको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा भएको तीन दिवसीय प्रतियोगितामा २३ पदकसहित राष्ट्र निर्माणले उपाधि जितेको हो ।

रतुवामाई नगरपालिकाभित्रका २१ विद्यालयलाई पछि पार्दै ९ स्वर्ण, ७ रजत र ७ कास्यसहित २३ पदकका साथ राष्ट्र निर्माण प्रथम भएको सौँठा माध्यमिक विद्यालयका लेखापाल धर्मराज पोखरेलले बताए ।

२२ विद्यालय सहभागी भएको प्रतियोगितामा कूल ४२ ओटा खेलहरू भएका थिए । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ११ कास्यसहित २४ पदकका साथ जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय द्वितीय भएको छ ।

यस्तै ५ स्वर्ण र ५ रजतसहित १० पदकका साथ सरस्वती माध्यमिक विद्यालय इटहरा तृतीय भएको छ । प्रतियोगिता समापन कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी र समाजसेवीलगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!