संगालोखबर


विराटनगर । विराटनगरको मोर्डन ऐरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक मञ्चन गरेका छन् । कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको नाटक आज आरोहण गुरुकुल नाटक घरमा मञ्चन गरिएको हो ।

विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा शोहरू सञ्चालन गरिएका छन् । रचना सापकोटाले लेखन गरेको यस नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । नाटकमा कक्षा ९ का १४ जना विद्यार्थीहरूले अभिनय गरेका छन् ।

नाटक हेर्न आएका प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूको अभिनय मर्मस्पर्शी र मनछुने रहेको बताए । नाटकमा अभिभावकको बेवास्ताका कारण विद्यालय उमेरकी छोरीले भोग्नुपर्ने समस्या र हुनसक्ने दुर्घटनालाई कथाको रूपमा प्रस्तुत गरिएको छ ।

अभिभावकीय जिम्मेवारीको अभाव र प्रशासनको उदासीनताले एउटा निर्दोष छात्राको भविष्य कसरी अन्धकारतर्फ धकेलिन्छ भन्ने विषय नाटकको मुख्य केन्द्रबिन्दु रहेको छ । प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरूले समसामयिक र गहन विषयवस्तुलाई नाटक मार्फत उठान गरेकोमा प्रशंसा गरे ।

मोर्डन ऐरा स्कुलका प्रिन्सिपल राईले विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय गराउँदै आएको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!