
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर पाँच हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला पाँच हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 















