अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई स्वागतसहित शुभकामना
विराटनगर । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले भव्य स्वागत गरेको छ ।
उक्त अवसरमा आयोजित कार्यक्रममा परिषद्ले नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै विश्वकप क्रिकेटमा सहभागिताप्रति खुसी व्यक्त गर्दै विजयको शुभकामना पनि दिएको थियो ।
गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट स...




























