संगालोखबर

विराटनगर । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए ।

Advertisement

यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ३५ रनाए । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जाेडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लाेगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।

अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्राे जुन १५ मा दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

यसैबीच समूह ‘बी’ मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचकाे खेल वर्षाका कारण नतिजाविहीन भएकाे छ । स्कटल्यान्डले १० ओभरमा १ विकेट पनि नगुमाई ९० रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण नतिजाविहीन भएकाे हाे ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवाैँ संस्करणकाे प्रतियाेगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!