संगालोखबर


संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान बुधबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विशेष सूचनाका आधारमा साहेवजानलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।

Advertisement

केही समयदेखि उनले लागूऔषधको कारोबार गरिरहेको सूचना आएको पाएको प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।

पक्राउ परेका साहेवजानको साथबाट २.८ ग्राम खैरो हेरोइन र २० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!