संगालोखबर


झापा । झापाको मेचीनगरमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ मा पर्ने मेची राजमार्गमा रोकिराखेको बोलेरो गाडीमा स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र पछाडि बसेका इलामको रोङ गाउँपालिका–५ का २९ वर्षीय चेतन रिजाल छन् ।

Advertisement

झापाको चारआलीबाट बुधबारे गइरहेको मे ७ प ७२८३ नम्बरको स्कुटर बुधबार राति राजमार्ग किनारमा रोकिराखेको को १ च ७२६४ नम्बरको बोलेरो गाडीमा ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार दुवैजना गम्भीर घाइते भएका थिए । उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!