संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाका कर्मचारीहरूले वृक्षरोपण गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर नगरका कर्मचारीहरूले आज बिहान कार्यालय आसपास क्षेत्रमा वृक्षरोपण गरेका हुन् ।

Advertisement

 नगर परिसरमा सरसफाइ गरेर आसपास क्षेत्रमा वृक्षरोपण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । कर्मचारीहरूले सिरिस र फूल प्रजातिका करिब एक सय वटा बिरुवा रोपेका छन् ।

नगर आसपास क्षेत्रको सौन्दर्यताका लागि फूल फुल्ने प्रजातिका बिरुवाहरू रोपिएको आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । वृक्षरोपणमा नगरका कर्मचारी, नगर प्रहरी लगायत सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!