संगालोखबर


उदयपुर । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार बिहान उदयपुरमा दुईजनाको मृत्यु भएको छ । टिपरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

मदन भण्डारी लोकमार्ग हुँदै गाईघाटबाट बेलटार गइरहेको प्र १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्र–१–०२–९५२ प ३९५८ नम्बरको मोटरसाइकललाई फूलजोरमा ठक्कर दिएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी निरीक्षक विद्यालाल साहका अनुसार मोटरसाइकलमा सवार बेलका–१ का ३० वर्षीय रबिन श्रेष्ठ र २४ वर्षीया हिरा राई गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनीहरुलाई जिल्ला अस्पताल पुर्याइएको थियो । प्रारम्भिक जाँचपछि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको साहले संगालोखबरलाई जानकारी दिए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!