संगालोखबर

सुनसरी । नेकपा एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष निलम खनालको निधन भएको छ । गत जेठ ७ गते सम्पन्न एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित खनालको गएराती निधन भएको हो ।

Advertisement

उनी लामो समयदेखि प्याङ्क्रियाजको समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भारतको हैदरावाद लगिदै थियो ।

हैदरावाद जाने क्रममा गएराती करिब २ बजे कागजनगर भन्ने स्थानमा पुग्दा अध्यक्ष खनालको निधन भएको एमाले सुनसरी सचिव राम कोइरालाले जानकारी दिए । ‘उहाँहरु २२ गते यहाँबाट हैदरावादका लागि हिँड्नु भएको थियो, गएराती काजगनगर भन्ने ठाउँमा पुग्दा निधन भएको खबर आएको छ,’ सचिव कोइरालाले संगालोखबरसँग भने, ‘अब पार्थिव शरीरलाई जिल्ला ल्याएर अन्त्येष्टि गरिन्छ । ल्याउने क्रममा केही दिन लाग्न सक्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!