संगालोखबर

धनकुटा । मनसुनजन्य विपदका बेला प्रभावित मानिसहरुको कसरी उद्धार गर्ने भन्नेबारे धनकुटाको मूलघाटस्थित तमोर नदीमा अभ्यास गरिएको छ । धनकुटा नगरपालिका–९ मा पर्ने मूलघाटमा बिहिवार यस्तो अभ्यास गरिएको हो ।

Advertisement

विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा मनसुनजन्य विपद उद्धार प्रतिकार्य सम्बन्धी अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस क्रममा बाढीमा बगेका मानिसहरुको कसरी उद्धार गर्ने, तत्काल उनीहरुलाई के गर्ने, उपचारको पक्ष लगायत विषयमा अभ्यास गरिएको थियो ।

जिल्ला विपद जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

यसैगरी, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल तथा भीमदल गण सल्लेरी ब्यारेकका सैनिक अधिकारीहरुको पनि सहभागिता थियो । यस्तै, जिल्ला विपद व्यवस्थापन समिति धनकुटा, नेपाल रेडक्रस सोसाइटी शाखा, जिल्ला प्रहरी कार्यालय, विभिन्न पालिकाका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

-तस्वीर सौजन्यः जिल्ला प्रहरी कार्यालय धनकुटा

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!