संगालोखबर

विराटनगर । संखुवासभा र सुनसरीबाट विष्फोटक पदार्थ र हतियारसहित तीनजना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई सोमबार राति पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय दरेश राई छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनलाई एउटा भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, संखुवासभाको चैनपुर नगरपालिका–११ सभाखोलाबाट विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को–१७ प ११८९ नम्बरको मोटरसाइकलमा गइरहेका खाँदबारी–९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाललाई पक्राउ गरेको हो ।

उनले बोकेको झोलामा विष्फोटक पदार्थ डेटोनेटर २ थान, निओजेल २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक स्थानीय २७ वर्षीय बसन्त कुमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!