
विराटनगर । लागूऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका धनकुटा नगरपालिका-३ का ४७ वर्षीय चन्द्रध्वज राई पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो २ः१५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत सुनसरीले राईविरुद्ध २०८२ पुस २२ गते लागूऔषध मुद्दामा तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तर उनी कैद सजाय र जरिवाना भुक्तान नगरी फरार भएका थिए । उनलाई बिहीबार धरान उपमहानगरपालिका-८ बाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

संगालोखबर 

















