संगालोखबर
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ च्यामताङका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ । च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका–४ स्याक्सिलागोला बजारमा बस्दै आएका नापाङ भोटेका चार वर्षीय छोरा नामायाङ भोटेको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भोटे छुट्टी भएपछि विद्यालय नजिकै रहेको वाङ खोलामा पौडी खेल्ने क्रममा बगेका थिए ।

Advertisement

उनी बगेको खबर पाएपछि पुगेको प्रहरी टोली र स्थानीयले खोजी गरेका थिए । त्यस क्रममा खोलामा रहेको ढुंगाको चेपमा च्यापिएको अवस्थामा बालक मृत फेला परेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!