संगालोखबर


पाँचथर । पाँचथरको फालेलुङस्थित मुवा झरनाबाट लडेर एकजना युवकको मृत्यु भएको छ । सँगै घुम्न गएका उनका दुईजना साथी घाइते भएका छन् ।

प्रहरीका अनुसार फालेलुङ गाउँपालिका–५ र ६ वडाको सिमानामा रहेको झरना क्षेत्र घुम्न गएका फिदिम नगरपालिका–२ का १८ वर्षीय एल्सन मगरको लडेर मृत्यु भएको हो ।

Advertisement

टाउको पछाडि गहिरो चोट लागेका उनको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापास्थित सुविधासम्पन्न अस्पताल लैजान रिफर गरिएको थियो । उपचारका लागि लैजाँदै गर्दा इलामको घट्ट भन्ने ठाउँमा पुगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहका अनुसार हिजो साँझ भएको घटनामा फिदिम–११ नांगिनका २० वर्षीय सुदिप आङ्बो र फिदिम–२ का २४ वर्षीय राजन फागो सामान्य घाइते भएका छन् । उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!