संगालोखबर


विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

को ३८ प २३८९ नम्बरको स्कुटरका चालक धनकुटाको महालक्ष्मी नगरपालिका-९ का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार भोजपुरको हतुवागढी गाउँपालिका-५ का ३२ वर्षीय रोशन राईलाई ब्राउन सुगर २.८९ ग्रामसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

Advertisement

यस्तै सोही स्थानबाट मोरङको सुन्दरहरैंचा नगरपालिका-१० का २७ वर्षीय राजन उराँव र उर्लाबारी नगरपालिका-४ का ३४ वर्षीय प्रकाश उराँव पक्राउ परेका छन् । उनीहरूको साथबाट२२.४५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका राखिएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!