संगालोखबर

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा असारदेखि खेलकुदका फरक विधामा १२ वटा प्रतियोगिताहरु आयोजना गरिने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ती प्रतियोगिता सञ्चालन हुनेछन् ।

Advertisement

बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी यरबारे जानकारी दिएको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) का अनुसार प्रतियोगिताहरु असार १५ गतेभित्रमा सक्ने योजना छ ।

बोर्डका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा सञ्चालन गरिने छ । कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शारीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गर्ने तय भएको छ ।

यसैगरी, मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला आत्मरक्षा तथा योग प्रशिक्षण झापा, मोरङ र सुनसरीका ३ विद्यालयमा गर्ने तय भएको जनाइएको छ । यी प्रतियोगिता हुने मिति भने तय गर्न बाँकी रहेको बोर्डले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!