संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका–६ अमलेटारमा आज बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ । औद्योगिक ग्राम नजिक घर भएका १६ वर्षीय सुमन भुजेलमाथि बिहान करिब १०ः१५ बजे खुकुरी प्रहार भएको हो ।

धनकुटाकै एक युवाले उनीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । उनको पहिचान खुल्न बाँकी छ । खुकुरी प्रहारबाट भुजेलको गर्धनमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो ।

Advertisement

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ,’ डीएसपी महर्जनले संगालोखबरसँग भने, ‘घटनाको कारण खुल्न बाँकी छ, हामी यो विषयमा थप बुझ्दैछौ ।’ 

खुकुरी प्रहार गर्ने युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!