संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

Advertisement

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत समावेशी बाल क्लब तथा सामुदायिक विद्यालयहरूका लागि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा चित्रकलातर्फ सबिन राई प्रथम भए । यस्तै, विनायक राई द्वितीय भए भने खुसी राई तृतीय भइन् । उक्त प्रतियोगितामा समीक्षा राई, जेनिसा राई, उषा राई र युवराज राईले सान्वना पुरस्कार प्राप्त गरेको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक बद्री कार्कीले जानकारी दिए ।

वक्तृत्वकलातर्फ शिक्षा राई प्रथम, स्मालिका राई द्वितीय र प्रतिमा प्रधान तृतीय भए । रेजिना परियारले सान्वना पुरस्कार प्राप्त गरिन् । उनीहरूले नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत वक्तृत्वकलातर्फ ८ र चित्रकलातर्फ ११ विद्यालयको सहभागिता थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, करुणा फाउण्डेसनका प्रतिनिधि, गाउँपालिकाका प्रतिनिधि, शिक्षक, अभिभावक लगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!