संगालोखबर


धनकुटा । तमोर भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरुले धनकुटा बजार क्षेत्रमा सफाइ गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा उनीहरुले बजार क्षेत्र सफाइ गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुईँटेलले विद्यालय प्रांगणमा फूलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीहरुले पनि विद्यालय परिसरमा वृक्षरोपण गरेका थिए ।

Advertisement

विद्यार्थीहरुले विद्यालय परिसरदेखि सब्जी लाइन, मदनचोक, हुलाक टोल हुँदै परिचय मोडसम्म सडक सफा गरेका थिए । विद्यालयका शिक्षक र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा सफाइ गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!