संगालोखबर

सुनसरी । सुनसरीको धरानमा कुटपिट गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोकका १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरिएको हो ।

Advertisement

गत आइतबार राति उनीमाथि कुटपिट भएको थियो । तीनजनाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएका उनको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीमाथि कुटपिट गरेको आरोपमा धरान उपमहानगरपालिका–१९ का २० वर्षीय गोपाल लामगादे, समीर तामाङ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार बेलुका पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!