संगालोखबर

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरुण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन् । अन्तिम विन्दुमा ‘ब्रेक थ्रु’ गरिएसँगै ११.८३ किलोमिटर लम्बाइको सुरुङ छिचोलिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गरिएको हो ।

Advertisement

त्यस अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका थिए । विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने दाबी पनि उनले गरे । ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको उल्लेख गरे ।

विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको जानकारी उनले दिए ।

अरुण तेस्रो जलविद्युत आयोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । यस आयोजनाको बाँध मकालु गाउँपालिका-५ स्थित फ्याक्सिन्दा दोभानमा निर्माण भइरहेको छ । उक्त बाँधबाट सुरुङ मार्ग हुँदै चिचिला गाउँपालिका–३ स्थित पुखुवास्थित विद्युत गृहसम्म पुग्ने पानीबाट टर्बाइनको माध्यमले बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ ।

संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!