विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगर । साउन महिनाको पहिलो सोमबार आज विराटनगरमा रहेका विभिन्न शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनको चहलपहल देखिएको छ । महानगर र आसपास क्षेत्रमा रहेका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना गर्न भेला भएका छन् । विराटनगर महानगरपालिका–७, स्थित बनसखण्डी शिव मन्दिर, बरगाछीमा रहेको श्रीश्री १००८ बाबा बाशुकीनाथ महादेव मन्दिर, विराटनगर–६ स्थित बाबा गरिबनाथ शिव मन्दिर, विराटेश्वर शिव मन्दिरलगाय...
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाही । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित घरमा उनको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या कसले किन गरेको हो भन्ने खुलिसकेको छैन । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था...
असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

झापा । झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि उनीहरु घर फर्किएका हुन् । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुका अनुसार नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् । चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशम...
६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

खोटाङ । ६ वर्षीया बालिका बलात्कारमा दोषी ठहरिएका एक युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३२ वर्षीय नवीन राई पक्राउ परेका हुन् । सर्वाेच्च अदालतले २०८० भदौ २५ गते दोषी ठहर गरी ९ वर्ष ४ महिना २३ दिन कैद सुनाएका राईलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो । उनलाई साउन ४ गते सुनसरी धरान उपमहानगरपालिका–११ बाट पक्राउ गरी ५ गते दिक्तेल ल्याइएको थियो । आइतबार जि...
आज साउनको पहिलो सोमवारः देशभरका शिवालयहरूमा चहलपहल

आज साउनको पहिलो सोमवारः देशभरका शिवालयहरूमा चहलपहल

विराटनगर । साउनको पहिलो सोमवार आज देशभरका शिवालयहरूको श्रद्धालु भक्तजनको चहलपहल बढेको छ । काठमाडौँस्थित पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । साउन महिना र सोमबारको दिनलाई भगवान शिवको विशेष महिना र वार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज शिव मन्दिरहरूमा भक्तजनको भीड लागेको हो । यसै अवसरमा पूर्वका झापास्थित अर्जुनधारा, धरानको पिण्डेश्वर, खोटाङको हलेसी मह...
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्...
 महेन्द्र मोरङमा आयोजित निबन्ध लेखनमा चौधरी प्रथम

 महेन्द्र मोरङमा आयोजित निबन्ध लेखनमा चौधरी प्रथम

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र बिजयकुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको प्रतियोगितामा बीबीएस तेस्रो वर्षकी छात्रा अञ्जली साह द्वितीय र बीबीएस दोस्रो वर्षकी छात्रा भूमिका घिमिरे तृतीय भइन् । ‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध ...
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा गाई ठहरै, मान्छे घाइते

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा गाई ठहरै, मान्छे घाइते

विराटनगर । विराटनगर–१ पोखरीयामा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा गाईको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । भट्टा चोकबाट तीनपैनीतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ प ८४७९ नम्बरको मोटरसाइकलले राती करिब ८ः१५ बजे विष्णुमाया पुस्तकालय नजिक सडकमा छोडिएको गाईलाई ठक्कर दिएको हो । ठक्करबाट गाईको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् । कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सह...
‘सुशासनका लागि मुख्य दल मिलेका हौं’

‘सुशासनका लागि मुख्य दल मिलेका हौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै सुशासनका लागि सही मनसाय आवश्यक पर्ने बताएका छन् । उनले प्रतिनिधिसभामा सम्बोधनका क्रममा दुईदलबीच भएको सहमति पनि सार्वजनिक गरे । मुलुकका मुख्य दुई दलहरु मिलेर सरकार बनाउनुको अर्थ मुलुकमा शान्ति, सुव्यवस्था कायम राख्दै आर्थिक समृद्धि हासिल गर्ने गम्भीर प्रयास भएको उनले बताए । यसका लागि सबै दललाई सहयोग गर्न पनि उ...
विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर । प्रसिद्ध कलाकार हरिवंश आचार्य अस्वस्थ भएका छन् । विराटनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएका उनी अचानक अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । नाकबाट रगत बग्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसँगै आचार्य शनिबार आएका थिए ।  ...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिने प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे । प्रदेश सभाबाट आफूले गरेका कामकाे रेकर्ड गराउन बैठक राख्न आग्रह...
प्रधानमन्त्री ओलीले संसदमा सुनाए कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

प्रधानमन्त्री ओलीले संसदमा सुनाए कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले सुनाएको ७ बुँदे सहमति यस्तो छ : १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गर...
कारमा २४३ किलो गाँजा ओसार्ने धनकुटाका युवक इटहरीमा पक्राउ

कारमा २४३ किलो गाँजा ओसार्ने धनकुटाका युवक इटहरीमा पक्राउ

सुनसरी । सुनसरीको इटहरीबाट २४३ किलो गाँजासहित धनकुटाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३४ वर्षीय दर्शन राई आज बिहान पक्राउ परेका हुन् । इटहरी उपमहानगर–९ स्थित साथी पेट्रोल पम्प अगाडि सवारी साधन जाँच गर्ने क्रममा उनलाई बा १५ च ७१४४ नम्बरको कारसहित प्रहरीले नियन्त्रणमा लिएको हो । कारको डिकीमा कालो प्लाष्टिकले बेरेर राखेको ९ पोका गाँजा बरामद गरिएको इलाका प...
स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

विराटनगर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अनुत्तीर्ण हुने विद्यार्थीले एक महिनाभित्र मौका (पूरक परीक्षा) दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको हो । उपकुलपति केशरजङ्ग बरालका अनुसार सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा अब वार्षिक प्रणालीमा...
लागुऔषध ओसारपसार गर्ने ६ जना पक्राउ

लागुऔषध ओसारपसार गर्ने ६ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  धरान–२० बाट इटहरी उपमहानगरपालिका–१० का ४० बर्षीय रामकुमार चौधरी र इटहरी–११ का ३६ वर्षीय मोहन कार्कीलाई १२ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको केराबारी–८ बाट केराबारी–७ का १९ वर्षीय साजन लिम्बु, केराबारी–१ का २२ वर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउ...
उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे

उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । अस्पताल प्रशासनका अनुसार ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयजना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए ।  शैय्या अभावमा बिरामीलाई भुइँमा राखेर उपचार...
एसीसी एसिया कपः नेपाल र पाकिस्तान आज भिड्दै

एसीसी एसिया कपः नेपाल र पाकिस्तान आज भिड्दै

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्दीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्‌घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युए...
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । २०१५ को संसदीय निर्वाचनपछि २०...
गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

विराटनगर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा दे...
उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु

उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको उर्लाबारी नगरपालिका–४ मा पर्ने खण्डमा भएको दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार पथरीबाट उर्लाबारीतर्फ आउदै गरेको मे.१ ख. २३६३ नम्बरको बसले पैदलयात्री स्थानीय ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको स्थानीय अरनिको अस्पतालमा प्रार...
बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयको भनाइ छ’ ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थी...
आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

विराटनगर । माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । चार टोली समिलित प्रतियोगितामा एक जितले नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भयो । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९ र २५-...
जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की

जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की

उदयपुर । प्रदेश सरकारको नेतृत्व गरिरहँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उदयपुरस्थित चौदण्डीगढी नगर कमिटीद्वारा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जनाउँदै दुःख ब्यक्त गरेका हुन् । स्थिर सरकार नभएर फेरबदलको खेल मुख्य जिम्मेवार भएको भन्दै मुख्यमन्त्री कार्कीले कांग्रेससँगको वर्तम...
खेलकुद महासंघ विराटनगरको अध्यक्षमा ताम्राकार

खेलकुद महासंघ विराटनगरको अध्यक्षमा ताम्राकार

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले जतिन ताम्राकारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा उमेश कटवाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर तथा कोषाध्यक्षमा चाँदनी मिश्र चयन भएका छन् । यसैगरी सदस्यलगायत गरी ३५ जना चयन भएका छन् । अधिवेशनको उद्घाटन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रद...
सोलुखुम्बुको थुलुङ दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

सोलुखुम्बुको थुलुङ दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

सोलुखुम्बु । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा सोलुखुम्बुको थुलुङ दुधकोशीका एकजना व्यक्ति पक्राउ परेका छन् । उनले आफ्नै भिनाजु थुलुङ दुधकोशी गाउँपालिका–१ नेले घर भएका ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेको अभियोगमा स्थानीय ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई खुकुरी ...
ओखलढुंगामा महिलाद्वारा विष खुवाएर दुई महिने छोराको हत्या

ओखलढुंगामा महिलाद्वारा विष खुवाएर दुई महिने छोराको हत्या

ओखलढुंगा । ओखलढुंगामा एकजना महिलाले आफ्ना दुई महिने छोराको विष खुवाएर हत्या गरेकी छन् । प्रहरीका अनुसार सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईले आफ्नै छोराको हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार ती महिलाले छोरालाई विष खुवाएर हत्या गरी जंगलमा लगेर फालेको स्वीकार गरेकी छन् । बालकलाई कीराबाट बाली जोगाउन खेतबारीमा प...
यु–२० भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

यु–२० भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

विराटनगर । माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि भएका कमी कमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३–...
विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै, ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय भए भने विराटनगरकी री...
बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी हिंसात्मक प्रदर्शनबाट जोगिन नेपालीसहित भूटानी र भारतीय विद्यार्थीहरु भारतको मेघालय पुगेका छन् । ज्यान जोगाएर मेघालय पुगेका नेपाली, भूटानी र भारतीयको संख्या ३६० रहेको भारतीय समाचार संस्था पिटीआइले जनाएको छ । उनीहरु हिंसा प्रभावित बंगलादेशबाट लुकेर मेघालय पुगेका हुन् । उनीहरुले त्यहाँ पुगेर विभिन्न स्थानमा शरण लिएर बसेका छन् । यसरी त्यहाँ भेला हुनेको संख्...
error: Content is protected !!