सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । निर्माणाधीन घरमा वाइरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ ।