संगालोखबर

विराटनगर । अमेरिकाको मेरिल्यान्डमा एकजना नेपाली मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्ट २७ मा उनी मृत फेला परेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement

शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको जनाइएको छ । उनको मृत्युको कारण अहिलेसम्म नखुलेको आफन्तले बताएका छन् ।

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

मुना भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!