संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चिलियाटापुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय गङ्गाराम यादवलाई आफ्नै घरको चापाकलमा जडान भएको मोटरको तार जोड्ने क्रममा गएराति करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाएको जनाइएको छ ।

Advertisement

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!