संगालोखबर

सङ्खुवासभा । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने निर्णय गरेको छ । भदौ १३ गते  बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको केन्द्रीय कार्यालयको टुङ्गो लगाएको हो ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको हो । आयुर्वेद योग, ध्यान तथा वैकल्पिक चिकित्सा र जडीबुटीको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयको ऐन पारित भएको दुई वर्षमा समेत सञ्चालनमा आउन सकेको छैन ।

सति प्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्धा योगमायाको सम्मानमा सरकारले आयुर्वेद विश्वविद्यालय खोल्ने निर्णय गरेको थियो । सोही आधारमा २०७९ भदौ २८ गते ‘योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९’ जारी भएको थियो । ऐनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय प्रदेश १ को अरुण उपत्यकाभित्र रहने भनेर स्थान स्पष्ट रूपमा तोक्न सकेको थिएन ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफावार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गरेपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!