संगालोखबर

दुहबी । दुहबी जेसीजले तिज विशेष कार्यक्रमको चौथो संस्करण अन्तर्गत ‘मिसेस तिज २०८१’ आयोजना गर्ने भएको छ । दुहबी जेसीजले पत्रकार सम्मेलन गर्दै दुहबीका १२ वटा वडा र छिमेकी बुढीगङ्गा र गढी गाउँपालिकालाई समेटेर कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

Advertisement

तिज मनाउने नाममा बढिरहेको विकृति अन्त्य हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको दुहबी जेसीज अध्यक्ष प्रकाश साहले जानकारी दिए । नारीहरूको व्यक्तित्व विकास तथा आत्मनिर्भरताका लागि तालिमको समेत दिँदै मिसेस तिज प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

उनले भने, ‘अहिले प्रतियोगितामा सहभागी हुने महिलाहरूलाई विभिन्न किसिमका प्रशिक्षण दिइरहेका छौँ । प्रतियोगिता भदौ २१ गते एक कार्यक्रमको आयोजना गरेर गर्नेछौँ ।’

प्रतियोगितामा ३० जना महिलाहरूको सहभागिता रहने कार्यक्रम निर्देशक विमला सुवेदी कार्कीले जानकारी दिइन् । प्रतियोगितामा प्रथम हुनेले २५ हजार १ सय, द्वितीय हुनेले २० हजार १ सय र तृतीय हुनेले १५ हजार १ सय पुरस्कार पाउने पूर्व अध्यक्ष दिपेश राउतले जानकारी दिए ।

यसैगरी अन्य विभिन्न विधामा उत्कृष्ट १५ जनालाई जनही ५ हजार १ सय पुरस्कार प्रदान गरिने उनको भनाइ छ । दुहबी नगरपालिकाको संयोजनमा हुन लागेको कार्यक्रममा करिब ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको राउतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!