संगालोखबर

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपालीलाई हतियारसहित पक्राउ गरेको छ ।

Advertisement

तस्करहरूको समूहले रौतहटबाट ठूलो परिमाणमा गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले गएराति जाँच गर्दा अवैध हतियारसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० वर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताए ।

यादवले कम्मरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद भएको कमान्डेन्ट कुमारले जानकारी दिए । यादव समेतको तस्कर गिरोहले नेपालको विभिन्न स्थानबाट गाँजा भारतीय क्षेत्रमा पुर्याउने गरेको एसएसबीको दाबी छ । जिल्ला प्रहरी कार्यालय रौतहटले यादव अवैध हतियार सहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टि गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!