संगालोखबर


विराटनगर । सिरहाको मिर्चैयामा अवैधरूपमा सञ्चालित १३ वटा निजी अस्पताल बन्द गरिएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पताल बन्द गरेको हो ।

अनुगमन गरिएका १४ अस्पतालमध्ये १३ वटा अवैध रहेको जनाइएको छ । सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल र एसजेके पोलिक्लिनिक बन्द गरिएको हो ।

Advertisement

यस्तै मंगलम हेल्थ केयर सेन्टर, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक बन्द गरिएको जनाइएको छ ।

अनुगमनका क्रममा प्रायः अस्पताल दर्ता नगरी सञ्चालनमा रहेका पाइएको थियो । मापदण्ड नपुगेका कारण अस्पताल बन्द गर्नुपरेको अनुगमन टोलीले जनाएको छ ।  मनकामना मीड इस्टर्न अस्पताललाई भने १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न पत्र काटिएको जनाइएको छ ।

उक्त अस्पतालले १५ बेडको स्वीकृति पाएपनि अवैधरूपमा सोभन्दा बढी सेवा सञ्चालन गरेको पाइएको हो । अनुगमनकै क्रममा सिद्वकाली हस्पिटलका दुई जना कर्मचारी पक्राउ परेका छन् । अनुगमन टोली पुगेपछि भाग्न खोजेका उनीहरूलाई पक्राउ गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!