संगालोखबर


विराटनगर । उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बेलका नगरपालिका-६ असारे स्थित मूर्तिखोलाबाट सशस्त्र प्रहरीले आठ सय ९१ किलो गाँजा बरामद गरेको हो ।

शनिबार साँझ सशस्त्रले ठूलो परिमाणमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र हुँदै गाँजा तस्करी गर्नेहरू विभिन्न समयमा पक्राउ पर्दै आएका प्रहरीको भनाइ छ । प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!